जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले खेलकुद प्रतियोगिता आयोजना गरेको छ । समितिले कार्तिक १२ देखि १४ गतेसम्म संचालन हुने गरी महिला–पुरुष भलिबल र पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
महिला–पुरुष भलिबल पालिका स्तरीय हुने छ । भने ब्याडमिन्टन जिल्ला स्तरीय हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जानकारी दिनुभयो । महिला–पुरुष भलिबल बराहटाकुरा टुँडिखेलमा हुने छ भने ब्याडमिन्टन बराहटाकुरामा रहेको कबर्ड हलमा हुने उहाँले बताउनुभयो ।
महिला र पुरुष भलिबल समान पुरस्कार राखिएको छ । दुवै तर्फको विजेताले नगद ५५ हजार र उप विजेताले नगद २५ हजार प्राप्त गर्ने अध्यक्ष शर्माको भनाई छ । त्यस्तै सेमिफाईनलसम्म पुग्ने २ टीमले समान १२÷१२ हजार नगद पुरस्कार पाउने छन् ।
भलिबलमा उत्कृष्ट र अनुशासित खेलाडी समेत छनौट गरी पुरस्कृत गरिने छ । त्यस्तै ब्याडमिन्टनको विजेता जोडीले भने नगद २५ हजार, उप विजेताले नगद १५ हजार र सेमिफाईनलमा पुग्ने २ जोडीलाई समान ५÷५ हजार पुरस्कार प्रदान गर्ने जिल्ला खेलकुद विकास समितिको भनाई छ ।
यो प्रतियोगितालाई मख्यमन्त्री कप रनिङशिल्डको तयारीको रुपमा हेरिएको छ । आयोजकका अनुसार यो प्रतियोगिताबाट कर्णाली प्रदेशमा संचालन हुने मुख्यमन्त्री कप रनिङ शिल्डका लागि खेलाडी छनौट गरिने छ ।।