Kakhara सबैको खबर सम्पूर्ण खबर
मग्माको बृहत खेलकुद प्रतियोगिता सम्पन्न
बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा सहभागिहरु ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मा आयोजना गरिएको बृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । असोज ३१ गते कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा पुरुषतर्फ २५ टिमले प्रतिसप्रधा गरेको थिए । निरन्तरको वर्षाका कारण महिलाको प्रतिसप्रधा भने हुन सकेन ।

पुरुषतर्फको भलिबलमा बाँफिकोट गाउँपालिका ३, को समूह प्रथम भएको छ । सानीभेरी गाउँपालिका ५ समूह दोस्रो र सानीभेरी गाउँपालिकाकै ३ नम्बर वडाको समूह तेस्रो भएको छ । प्रथम भएको समूहले ६५, दोस्रोले ५० र तेस्रो भएको समूहले ३५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

हरेक वर्ष दसैं र तिहारमा प्रगतिशिल युवा क्लवले यसरी नै बृहत खेलकुद कार्यक्रम गर्दै आएको छ । बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा क्लवले बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको क्लवका अध्यक्ष देवराज खनालले जानकारी दिनुभयो । खेलकुद र साँस्कृृतिक कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष खनालले बताउनुभयो ।

२०७५ सालमा स्थापना भएको क्लवले आफ्नो वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ । क्लवले यो सहित तेस्रो संस्करण खेलकुद आयोजना गरेको छ । एक वर्ष कोभिडका कारण खेलकुद कार्यक्रम सम्पन्न सकेको थिएन । खेल क्षेत्रको विकास र प्रबद्र्धनका लागि खेलकुद आयोजना गर्ने गरेको अध्यक्ष खनालले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update