Kakhara सबैको खबर सम्पूर्ण खबर
घुम्तिकाे पसल यसरी भयाे स्मार्ट बजार (फाेटाे फिचर)

रुकुम पूर्वको भूमे गाउँपालिकामा एउटा बजार थियो । गाउँपालिकाकै पहलमा स्थापना भएको मारिङ बहुद्देश्यीय सहकारी संस्थाले सानो बजार चलाएको थियो, घुम्तीमा । किसानका कृषि उपज संकलन गर्दथ्यो । किसानका आवश्यक्ताका सामग्री किसानलाई बेच्दथ्यो । टिनले बारेको घुम्तिमा बजार चलेको थियो । बेच्ने र किन्नेहरु त्यही बजारमा जान आउन बानि परिसकेका थिए ।

आफ्नो उत्पादन बेच्ने किसान र आफूलाई चाहेको सामग्री खरिदका लागि सर्वसाधारण २ नम्बर वडा स्थित खाबाङबजारमा रहेको घुम्तिको बजार अब स्मार्ट बजार बनेको छ । सोही ठाउँ नजिकै सहकारी बजार बनाइएको छ । एक करोड बढीमा सहकारी बजार बनाइएको छ । किसानका उत्पादन खरिद विक्री त्यहीबाट सुरु भएको छ ।

उत्पादित वस्तुको विक्रीको व्यवस्थापन उत्कृष्ठ गरिएको छ । बजार आकर्षक बनाइएको छ । सामग्रीको व्यवस्थापन एकातर्फ छ अर्को विलिङ अर्कोतर्फ छ । मारिङ बहुद्देश्यीय सहकारीको यो कार्यले भूमे गाउँपालिकाको पहिचान बढाएको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको यो बजारमा अर्गानिक उत्पादन बेच्न र अर्गानिक उत्पादन किनेर खान पाइने भएको छ । यहाँ अर्गानिक उत्पादन त छन् नै लोपोन्मुख उत्पादन पनि राखिएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update