Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा सडक मर्मत र सफाइको काम चल्दै

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले गत वर्षातको समयमा विग्रे, भत्केका सडकको मर्मत तथा सफाई भइरहेको जनाएको छ । कार्यपालिका बैठकले गरेको निर्णय अनुसार १४ वटै वडाका सडक मर्मत र सफाइको काम चलिरहेको छ । सडक मर्मत र सफाइका लागि भनेर नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सोही बजेटबाट वर्षामा विग्रे, भत्केका सडक मर्मत र सफाइको काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । वडाको भौगोलिक अवस्था र सडकको अवस्थाको मूल्याङ्कन गरेर हरेक वडामा २ देखि ४ लाख रुपैयाँ सम्म विनियोजन भएको र त्यसैबाट सडक मर्मत र सफाइको काम भइरहेको तिवारीले बताउनुभयो । कति वडाको मर्मतको काम सकिएको र कति बाँकी रहेको भन्दै उहाँले बाँकी मर्मतको काम पनि चाँडै सकिने जानकारी दिनुभयो । द

सैंसम्म नै वर्षा भएका कारण सडक मर्मत र सफाइमा ढिलाई भएको नगरपालिकाले स्विकारेको छ । कति सडक मर्मत भएको र थप परेको पानीले फेरि मर्मत गर्नुपर्ने अवस्थामा पुर्याएको छ । त्यस्ता सडकलाई फेरि मर्मत गराउने योजनामा नगरपालिका रहेको छ । यात्रुहरुले भने मर्मत गरिएका सडक पनि मर्मत गरेको जस्ता नभएकाले मर्मत गर्नुपर्ने माग गरिरहेका छन् ।

एक यात्रु डिल्लीबहादुर विकले सडकको अवस्था वर्षा भन्दा फरक नरहेको बताउनुभयो । हिउँदभर प्रयोग गर्ने गरी दैनिक सयौं यात्रु ओहोरदोहोर गर्ने सडक मर्मतमा स्थानीय तहले ध्यान दिनुपर्ने विकले बताउनुभयो । मुसीकोट नगरपालिका झन सदरमुकामको नगर भएकाले यसले बढी ध्यान दिनुपर्ने भनाई यात्रुको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update