Kakhara सबैको खबर सम्पूर्ण खबर
विकास र सहकार्यका लागि सूचना र समन्वय जरुरी
कार्यक्रमका सहभागिहरु ।

समाजको विकास र सहकार्यका लागि सूचना र समन्वय जरुरी रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेसले रुकुम पश्चिम सदरमुकाम खलंगामा आयोजना गरिेको नागरिक समाज संस्था तथा सथानीय सरकारबीच सञ्चार र सहकार्य विषयक अन्तरक्रिया वक्ताहरुले जिल्लाको समग्र विकासमा सहकार्यको साथसार्थ सूचना र समन्वय महत्वपूर्ण हुने बताएका हुन् ।

यसका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका हुने भनाई उनिहरुको छ । स्थानीय सरकार तथा जिल्ला स्थित विकास साझेदार संघ संस्थाको आपसी सहकार्य र समन्वयमा विकास र सचेतना बढाउन सकिने निष्कर्ष कार्यक्रमका सहभागिहरुको छ ।

संविधानको कार्यान्वयन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास लगायतका कामकाजका लागि सबैको सहकार्य र भूमिकामा कार्यक्रमका सहभागिहरुको जोड दिए । विभिन्न कार्यक्रमको सन्दर्भमा विभिन्न स्थानीय तहमा जाँदा सुरु सुरुमा असहज अवस्था भोग्नु परेको जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिको भनाई छ ।

त्यसमा संघ, संस्थाले पनि कतिपय अवस्थामा समन्वय गर्न नसक्दाको समस्या आफै भोग्नु परेको महशुस भएको पनि कार्यक्रमका सहभागिहरुले गरेका थिए । संघ, संस्थाको कार्यक्रम र उद्देश्य एकातर्फ र स्थानीय तह तथा अरु विकासे अड्डाको बुझाई फरक पर्नाका कारणले पनि समस्या भइरहेको भनाई पनि कार्यक्रमका सहभागिहरुको छ ।

विकास निर्माण र सामाजिक कार्यक्रम कार्यान्वयनको सन्दर्भमा भएको बुझाई, सिकाई, अब बनाउनुपर्ने रणनीतिका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हरप्लेसका कार्यक्रम संयोजक महेश केसीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update