Kakhara सबैको खबर सम्पूर्ण खबर
देउखोला पुग्याे गाडी
डाेजर मार्फत सडक मर्मत गरिँदै ।

रुकुम पूर्वको महत्वपूर्ण सडक खण्ड मध्यको बालुवा देखि देउखोलासम्मको सडक मर्मत पछि सुचारु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडा जोड्ने सडक खण्ड अन्तरगत बालुवा देखि देउखोला सम्मको बाटो मर्मत गरिएको हो । 

जिल्लाका अन्य ठाउँका सडकहरु दशै अघि नै मर्मत तथा सफा गरिएको भएपनिउ क्त सडक खण्ड भने सफा गर्न सकिएको थिएन । सिस्ने गाउँपालिकाको पहलमा सडक मर्मत गरिएको सिस्ने गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट देउखोला सम्म सवारी साधन चल्न थालेका छन् । रुकुमगाडमा पानीको बहाव बढेका कारण र सडकका विभिन्न ठाउँमा पहिरो खसेका कारण उक्त सडक खण्ड असारदेखि अवरुद्ध भएको थियो ।

दशै अघि सडक सुचारु नहुँदा सिस्ने गाउँपालिकाका १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिकाका कतिपय क्षेत्रमा दैनिक उपभोग्यका सामान ढुवानीमा समस्या भएको थियो । ति क्षेत्रबाट ढुवानी सामान रुकुमकोटबाट ढुवानी गर्नुपर्ने बाध्यता थियो भने उक्त सडकको प्रयोग गर्ने सर्वसाधरण जोखिम मोलेर पैदल हिड्नु पर्ने बाध्यता थियो ।

आजदेखि देउखोला सम्मको सडक मर्मत तथा सफाइ गरी सुचारु भएपछि  समान ढुवानीका साथै यात्रा गर्न सहज भएको गाउँ कार्यपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष केसीले बताउनुभयो ।  यस अघि बालुवादेखि वाबाङ मात्रै गाडि चल्ने गर्दथ्यो । वाबाङको एकै ठाउँमा तीन वटा पहिरो झरेपछि सडक अवरुद्ध थियो । 


 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update