Kakhara सबैको खबर सम्पूर्ण खबर
गुप्ता दहमा पाहुना घर

रुकुम पूर्वको पर्यटकीय क्षेत्र गुप्ता क्षेत्रमा पाहुना घर निर्माण भएको छ । सिस्ने गाउँपालिका १, को गुप्तादहको बीचमा ४ कोठाको भवन निर्माण भएको छ । सानो गुप्ता र ठूलो गुप्ता दहको बीचडाँडामा पाहुना घर बनाइएको छ । लुम्बिनी प्रदेश सरकार र सिस्ने गाउँपालिकाको दश लाख लगानीमा उक्त पाहुना घर बनेको छ ।

पाहुना घरमा व्यवस्थित शौचालय समेतको व्यवस्था गरिएको छ । यद्यपी पाहुना व्यवस्थापन भने गरिएको छैन । पाहुना घरको सरसफाई, बेड राख्ने तथा अरु काम अधुरै छन् । बजेट अभाव र अरु समस्याका कारण काम केही पूरा हुन नसकेको स्थानीयले बताएका छन् ।

पाहुना घरबाट दुवै तर्फका गुप्ता दहको दृश्यावलोकन गर्न सकिन्छ । पाहुना घर निर्माण समितिका अध्यक्ष मनप्रसाद बुढाले यसको थप व्यवस्थापनका लागि अरु लगानी आवश्यक हुने बताए । निर्माण सामग्री ढुवानीमा नै धेरै खर्च गर्नुपर्ने भएकाले समस्या भइरहेको उनको भनाई छ ।

पाहुना घर निर्माण सम्पन्न भएपछि गुप्ता दह घुम्न आउनेहरुलाई सजिलो हुने बुढाले बताए । सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले पाहुना घर पूर्ण निर्माणका लागि गाउँपालिकाले ध्यान दिने बताए । अपुग भएको वस्तु पुर्ति गरी पाहुना घर सञ्चालनका लागि गाउँपालिको गम्भिर रहेको उपाध्यक्षको बुढाको भनाई छ ।

सिस्ने गाउँपालिकाको सिस्नेको पनि माथि गुप्ता दह छ । पुथाउत्तरगंगा गाउँपालिका १४ को देउखोलादेखि पैदल हिडेर त्यहाँ पुग्न सकिन्छ । धेरै हिड्न सक्ने मान्छे एक दिनमा पनि गुप्ता पुग्न सक्छ भने विस्तारै हिड्ने मान्छे देउखोलाबाट २ दिनमा गुप्ता दह पुग्न सक्छ । वर्षामा यहाँ स्थानीय गोठालाहरु आफ्ना वस्तुभाउ लिएर जान्छन् । सानो गुप्ता दहमा सिस्ने हिमाल तैरिरहेको र पारी रहेको सिस्ने हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update