कर्णाली प्रदेश सरकारले पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने भएको छ । विगत वर्षदेखि नै यो काम गर्दै आएको सरकारले यो वर्ष पनि स्वास्थ्य बीमा गर्ने कार्यक्रम बनाएको छ । सोही कार्यक्रम अनुसार स्वास्थ्य बीमाका लागि सरकारले आह्वान गरेको छ ।
सम्बन्धित जिल्ला शाखा मार्फत पत्रकारको व्यक्तिगत विवरण पठाउन भनिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले पनि स्वास्थ्य बीमाका लागि रुकुम पश्चिमका पत्रकारहरुलाई विवरण बुझाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै महासंघले कात्तिक १२ गते भित्र सबै विवरण बुझाउन जिल्ला स्थित पत्रकारहरुलाई अनुरोध गरेको छ ।
जिल्लामा क्रियाशिल पत्रकारले आफ्नो व्यक्तिगत विवरण, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति, आफू कार्यरत सञ्चार माध्यमको सिफारिस पत्रको साथमा सम्बन्धित मिडिया हाउस वा सूचना विभागले जारी गरेको परिचय पत्रको प्रतिलिपि बुझाउने हरेक पत्रकारको स्वास्थ्य बीमा हुने अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो । पत्रकारले जिल्ला स्थित कार्यालयमा विवरण बुझाएपछि बाँकी कामको सहजिकरण महासंघले अघि बढाउने अध्यक्ष केसीले जानकारी दिनुभयो ।