नेकपा एमाले रुकुम पश्चिमका ५ स्थानीय तहको प्रथम गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । २ नगरपालिका र ३ गाउँपालिकाको पहिलो अधिवेशन सम्पन्न भएको नेकपा एमालेले जनाएको छ । पाँच वटै स्थानीय तहमा सर्वसम्मत गाउँ तथा नगरको नेतृत्व चयन भएको एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्ण ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिका, सानीभेरी र त्रिवेणि गाउँपालिकाको अधिवेशन पनि सम्पन्न भएको छ ।
मुसीकोट नगरपालिकाः मुसीकोट नगरको अधिवेशनले थलबहादुर ओलीलाई अध्यक्ष, टिकाराम ददेललाई उपाध्यक्ष चुडामणि गौतमलाई सचिव, वसन्ती परियार र बलराम ओलीलाई उप सचिवमा चयन गरेको छ । नगर कमिटि ७५ सदस्यीय रहेको छ ।
चौरजहारी नगरपालिकाः चौरजहारी नगरको पहिलो अधिवेशनले ७५ सदस्यीय नगर कमिटि चयन गरेको छ । अधिवेशनले अतिराम ओलीलाई अध्यक्ष, सरिता सुनारलाई उपाध्यक्ष, अमृत सुनारलाई सचिवमा चयन गरेको छ । ओमप्रकाश आचार्य र भिमप्रसाद लामिछानेलाई उप सचिवमा चयन गरेको छ ।
बाँफिकोट गाउँपालिकाः बाँफिकोट गाउँपालिकाको पहिलो अधिवेशनले पनि ७५ सदस्यीय गाउँ कमिटि चयन गरेको छ । अध्यक्षमा व्युझना पुन, उपाध्यक्षमा दलबहादुर विष्ट, सचिवमा ज्ञानेन्द्र धिताललाई चयन गरेको छ । अधिवेशनले दिपक गिरी र प्रकाश केसीलाई उपसचिवमा चयन गरेको छ ।
सानीभेरी गाउँपालिकाः ४३ सदस्यीय गाउँ कमिटि चयन गर्दै सानीभेरी गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकबहादुर खड्कालाई अध्यक्ष, शेरबहादुर डाँगीलाई उपाध्यक्ष भूपाल डाँगीलाई सचिवमा चयन गरेको छ भने शेरबहादुर खड्का र ललिता खड्कालाई उपसचिवमा चयन गरेको छ ।
त्रिवेणि गाउँपालिकाः डिल्लीबहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटि चयन गर्दै पहिलो गाउँ अधिवेशन सम्पन्न भएको छ । उपाध्यक्षमा चोपलाल खड्का, सचिवमा विद्रोही पुन र उप सचिवमा लिलाकुमारी सुनार चयन भएका छन् । आठबीसकोट नगर अधिवेशनको खबर भने प्राप्त हुन नसकेको प्रचार विभाग प्रमुख ओलीले बताउनुभयो ।