नेकपा एमाले रुकुम पूर्वले पनि तीन वटै गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न गरेको छ । सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा मंगलबार गाउँ अधिवेशन सम्पन्न भएका हुन् । तीन वटै गाउँ अधिवेशनले नयाँ नेतृत्व पनि चयन गरेको छ ।
सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले रुकुम पूर्वले जनाएको छ । एमालेले मंगलबार देशैभरका पालिकामा एकै पटक अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सबैतिर पालिका अधिवेशन सम्पन्न भएको एमालेले जनाएको छ ।
सिस्ने गाउँपालिका : यस गाउँपालिकामा हरिहर पौडेलको अध्यक्षतामा ५७ सदस्यीय गाउँ कमिटि चयन भएको छ । उपाध्यक्षमा गणेश रेउले चयन हुँदा सचिवमा देविलाल गिरी, उप सचिवमा विष्णु देवकोटा र मानबहादुर खड्का चयन भएका छन् ।
भूमे गाउँपालिका : यस गाउँपालिकामा पनि मंगलबार नै अधिवेशन सम्पन्न भएको एमालेले जनाएको छ । कमानसिङ डाँगी अध्यक्ष, ताराप्रसाद पुन उपाध्इक्ष, दलबहादुर विक सचिव, दिपा सुनार र सिजनकुमार नेपाली उप सचिवमा चयन भएका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका : यस गाउँपालिकामा पनि अधिवेशन सम्पन्न भएको छ । मोहनभक्त बुढा मगरको अध्यक्षतामा गाउँ कमिटि चयन भएको छ । सचिवमा शाइधन बुढा मगर, सचिवमा लक्ष्मण बुढा मगर, उप सचिवमा ज्ञानु विक र शिवजि पुन चयन भएका छन् ।