क्यान्सर पिडित सुरेशको उपचारका लागि सहयोग जुट्दै
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित सुरेश महतको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग जुट्न थालेको छ । मुखभित्रको क्यान्सरबाट ग्रसित भई विगत ७ महिना देखि विपि कोइराला क्यान्सर हस्पिटल चितवनमा उपचाररत सुरेशको उपचारका लागि सहयोगको अपिल गरिएको छ । अहिले विभिन्न ठाउँबाट सुरेशको उपचारका लागि सहयोग जुट्न सुरु गरेको बताईएको छ ।
सार्वजनिक अपिल भएपछि सबैतिरबाट सहयाेज जुट्न थालेकाे सुरेशका मामा अइभान खत्रीले जानकारी दिनुभयो । देश तथा विदेशबाट सहयाेग प्राप्त भइरहेकाे उहाँकाे भनाइ छ । उपचारका लागि सहयोग गर्न चाहनेलाई परिवारजनले आग्रह गरेका छन् । सकेको सहयोग गरेर ज्यान बचाईदिन परिवाजनले सबैसामु सहयोगको याचना गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १३:५३
प्रतिक्रिया दिनुहोस्