Kakhara सबैको खबर सम्पूर्ण खबर
सुरेशकाे उपचारका लागि अमेरिकाबाट यामकाे सहयाेग

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ का क्यान्सर पिडित सुरेश महतको उपचारका लागि अमेरिकाबाट यामबहादुर बिसीले सहयोग गर्नुभएको छ । मुसीकोट नगरपालिका १ सल्ले घर भई हाल अमेरिकाको टेक्सासमा रहनुभएका बिसीले सुरेशको उपचारका लागि १५ हजार  १ सय ११ रूपैंया सहयोग गर्नुभएको हो । 

उपचारमा सहयोग पुगेस भनेर आफुले थोरै भएपनि सहयोग गरेको बिसीले बताउनुभयो । मुख भित्रको क्यान्सरबाट पिडित सुरेशको विगत ७ महिना देखि विपि कोइराला क्यान्सर हस्पिटल चितवनमा उपचार भइरहेको छ । परिवारजनले उपचारका लागि सहयोगको याचना गरेका छन् । अहिले सुरेशको उपचारका लागि विभिन्न व्यक्तिहरुले देश तथा विदेशबाट सहयोग गरिरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update