रुकुम पश्चिममा आगलागि तथा बाढी, पहिरोबाट क्षेति भएका १ सय १६ वटा घर पुनर्निर्माण हुने भएका छन् । गत जेठ १६ गतेबाट हालसम्म विभिन्न विपद्बाट पूर्ण रुपमा क्षेति भएका घर पुनर्निर्माणका लागि छनौट गरिएको छ । त्यस्तै १० वटा घर मर्मतका लागि छनौट भएका छन् । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न विपद्बाट प्रभावित भएका घर परिवार छनौट गर्दै यि घरको पुनर्निर्माण र मर्मतका लागि निर्णय गरेको हो । पुनर्निर्माणका लागि प्रति घर ४ लाख र मर्मतका लागि ५० हजार उपलब्ध गराईने छ ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहबाट सिफारिस भइ आएका घरलाई पुनर्निर्माण र मर्मतका लागि छनौट गरेको हो । घर पुनर्निर्माण तथा मर्मतमा लाग्ने खर्च तीन वटै तहका सरकारले व्यहोर्ने छन् । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार गाउँपालिकाले १० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत, प्रदेशले ३० प्रतिशत र बाँकी ४५ प्रतिशत संघीय सरकारले व्यहोर्ने छ । १ सय १६ वटा घर पुनर्निर्माणका लागि ४६ करोड ४ लाख र १० घर मर्मतका लागि ५ लाख खर्च लाग्ने छ ।
त्यस्तै जिल्लामा जेठ १६ देखि कार्तिक ९ गतेसम्म विभिन्न विपद्का कारण पूर्ण रुपमा क्षेति भएका ७४ घरपरिवारलाई १३ लाख ५५ हजार तत्काल राहत स्वरुप प्रदान गरिएको छ । ५ जनाको परिवार संख्या भएको परिवारलाई १५ हजार र त्यो भन्दा बढी संख्या भएको परिवारलाई २० हजार दिईएको गैह्रले बताउनुभयो । चट्याङ लागेर मृत्यु भएका आठबीकोट नगरपालिका १४ का दिपक खड्काको परिवारलाई २ लाख र घर भत्किएर मृत्यु भएकी आठबीसकोट नगरपालिका ७ की लालमति कामीको परिवारलाई २ लाख प्रदान गरिएको उहाँले बताउनुभयो । यसका साथै तीन जनाको उपचार खर्च सरकारले व्यहोरेको छ ।
आगलागिमा परेर घाइते भएका बाँफिकोट ३ सर्सुकाँडाका जसिमन्त पौडेलको १० हजार ८ सय ३५, मुसीकोट नगरपालिका ३ को खरखरे पहिरोमा परेर घाइते भएका मुसीकोट ३ का लालबहादुर खत्रीको २ लाख ९७ हजार ५ सय ३२ र चट्याङ लागेर घाइते भएकी मुसीकोट १२ की सपना बिकको उपचारमा खर्च भएको ५ हजार ३ सय १५ रुपैंया सरकारले व्यहोरेको हो ।
यस्ताे छ विपद् व्यवस्थापन समितिकाे निर्णयः