Kakhara सबैको खबर सम्पूर्ण खबर
वडाध्यक्षद्धारा १८० खेलाडीलाई निःशुल्क पोशाक
बाँफिकोट गाउँपालिका ५, खेलाडीलाई पोशाक हस्तान्तरण गर्दै वडाध्यक्ष केसी ।


यहाँका एक वडाध्यक्षले व्यक्तिगत खर्चमा खेलाडीलाई खेलकुद सामग्री प्रदान गरेका छन् । बाँफिकोट गाउँपालिका ३, का अध्यक्ष चन्द्रबहादुर केसीले व्यक्तिगत रुपमा १ लाख ५० हजार रुपैयाँ खर्चेर गाउँपालिकाका १० वटै वडाका खेलाडीलाई पोशाक प्रदान गर्नुभएको हो । १० वडाका १ सय ८० खेलाडीका लागि वडाध्यक्ष केसीले खेलकुद पोशाक खदिर गर्नुभएको थियो ।

हरेक वडाका १८ जनाले उक्त पोशाक प्राप्त गरेका छन् । ९ जना महिला र ९ जना पुरुष खेलाडीका लागि पोशाक वितरण गरेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलंगामा आयोजित भलिबल प्रतियोगिताको अवसर पारी खेलाडीलाई पोशाक वितरण गरिएको हो । बाँफिकोट गाउँपालिका खेलकुद विकास समितिले उक्त पोशाक खरिद गरेको थियो ।

पोशाक खरिदका लागि वडाध्यक्ष केसीले उक्त समितिलाई नगद १ लाख ५० हजार सहयोग गर्नुभएको थियो । यस अघि पनि विभिन्न प्रतियोगितामा सहयोग गर्दै आउनुभएका वडाध्यक्षले अरु क्षेत्रमा पनि व्यक्तिग रुपमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । वडाध्यक्ष केसीकै अगुवाईमा विरेन्द्र मावि बाँफिकोटमा २५ लाखको आमाबुवा, छात्रवृत्ति अक्षय कोष स्थापना भएको छ । उक्त कोषमा पनि वडाध्यक्ष केसीले दुई लाख सहयोग गर्नुभएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update