![प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सडक मर्मत तथा सफाई](https://www.kakhara.com/uploads/posts/Tribenee 61635399623.jpg)
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ६ नम्बर वडाले वडा भित्रका सडक मर्मत थालेको छ । वर्षा याममा विग्रे भत्केका सडक मर्मत थालिएको वडा अध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा भित्रका सडक मर्मत थालिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।
१३ लाख २० हजार रुपैयाँबाट स्थानीयले नै सडक मर्मत र सफाइको काम गर्ने वडाध्यक्ष पुलने जानकारी दिनुभयो । एक जनालाई १ सय दिन बराबरको काम दिने कार्यक्रम अनुसार सडक मर्मत तथा सफाइको काम भइरहेको हो ।
वडाका २३ जना सर्वसाधारणले सडक मर्मत तथा सफाइको काम गरिरहेका छन् । हालसम्म मुलाखोलादेखि वडा कार्यालयसम्म सडक मर्मत सम्पन्न भएको छ भने अरु सडक मर्मतको काम चलिरहेको छ । तिहार अघि नै वडाका सम्पूर्ण सडक मर्मत गरिसक्ने योजना वडा कार्यालयले बनाएको छ ।