Kakhara सबैको खबर सम्पूर्ण खबर
लोप हुँदै ढिकी

गाउँ गाउँमा सयौँको संख्यामा पाइने ढिकीहरु अहिले भने लोप भएका छन्  । पछिल्लो पुस्ताले संरक्षनतर्फ ध्यान नदिँदा परम्परागत काठबाट बनेका ढिकीहरु लोप हुँदै गएका हुन् । विशेष गरी धान, बेसार,सिन्की,चामलको पिठो कुट्नलाई ढिकी उपयुक्त परम्परागत साधन हो ।

काठबाट बनेका परम्परागत ढिकी लोप हुँदा अहिले गाउँका सर्वसाधारणहरु विद्युतीय मिल र पानी मिलको प्रयोग गर्नु गरिरहेका छन् ।  ढिकीमा कुटेको चामल जस्तो स्वादिलो नभए पनी ढिकी अभाबका कारण मिलमा कुटेको चामल खानु पर्ने बाध्यता रहेको बाँफिकोट गाउँपालिका  वडा नंम्बर १ का ७५ वर्षीय आँसु चन्दले बताउनुभयो  ।

२०६४/०६५ सम्म जिल्लाको सबै गाउँ ठाउँमा थुप्रै भेटिने ढिकी अहिले भने लोप भइसकेको सिस्ने ३ पोखराका ७६ वर्षीय दलबिर ओलीले बताउनुभयो । नयाँ पुस्ताले यसको संरक्षण र गजेर्णा गर्ने हो भने ढिकीको दिगोपना रहिरहने उहाँको भनाई छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update