Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटमा १४ वर्षिया बालिकामाथि बलात्कार, थप उपचारका लागि नेपालगञ्ज लगियाे

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका १ की अन्दाजी १३, १४ वर्षिया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १४ को बाँकेज्युलामा बलात्कृत भएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी उक्त बालिका बुधबार राती ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिनुभयो ।

बालिका अचेत अवस्थामा फेला परेको खवर पाएपछि प्रहरी घटनास्थल पुगेको उहाँको भनाई छ । इलाका प्रहरी कार्यालय आठबीसकोटको टोलीले घटनास्थलबाट बालिकालाई उद्धार गरी आठबीसकोट नगर अस्पताल राडीमा लगेको थियो । बालिकाको अवस्था गम्भिर रहेको छ । अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । नगर अस्पतालमा थप उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको भनाई । बालिकाले बाँकेज्युलाका झलक जैसीले आफुमाथि जवरजस्ती करणी गरेको बयान दिए अनुसार उनको खोजी भइरहेको शर्माले जानकारी दिनुभयो । २६ वर्षिय जैसी फरार रहेका छन् । उनका नाममा पिडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update