रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा स्थानीय तह तथा सरोकारवालासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिले नगरपालिकामा बीमा सम्बन्धी स्थानीय तहका पदाधीकारी तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । नेपाल सरकारबाट बीमा प्रवद्र्धनमा ठुलो लगानी हुँदाहुँदै पनि कृषि तथा पशु बीमा अझैंपनि प्रभावकारी हुन नसकेकोले आगामी दिनमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सल्लाह सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बीमा समितिले जनाएको छ ।
बिहिबार वडा नम्बर १ स्थीत खलंगामा कार्यक्रम भएकाे हाे । सम्पूर्ण बीमा कम्पनी तथा बीमा संस्थानहरुको दर्ता, सञ्चालन, नियन्त्रण तथा नियमनकारी संस्था बीमा समितिले जिल्लामा रहेका सबै बीमा कम्पनीहरु र स्थानीय तहका जनप्रतिनीधि एबं सरोकारवालासँग सबैखाले बीमाका बिषयमा छलफल गरेको हो । कार्यबाहाक नगर प्रमुख प्रेम कुमारी सुनार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बिष्ट, नगरपालिका अन्तरगतका सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, जिल्ला स्थीत बिमा कम्पनीका प्रमुख एबं प्रतिनीधिहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
बिमा समितिका सहायक निर्देशक राम कोजुको स्वागत मन्तब्य रहेको कार्यक्रमको अध्यक्षता उपनिर्देशक केशवप्रसाद दाहालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक निर्देशक निश्चल बानियाँले गर्नु भएको थियाे । नेपालमा कुल ४१ वटा बीमा कम्पनी रहेकोमा रुकुम पश्चिममा हाल १५ वटा बीमा कम्पनीले कार्यालय स्थापना गरि सेवा दिइरहेका छन् । ति कम्पनीहरुको अबस्था, बिमितको गुनासो र स्थानीय तहका जनप्रतिनीधिहरुको सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको हाे ।