- प्रचण्ड खत्री
नेपाल दलित मुक्ति मोर्चा रुकुम पशिम बाँफिकोट गाउँपालिकाको प्रथम सम्मेलन सुरु भएको छ । दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश ईन्चार्ज तथा प्रदेश सभा सदस्य रातो कामीले ब्यानर पढेर सम्मेलनको उद्घाटन गर्नुभएको हाे । सम्मेलन उद्घाटन गर्दै प्रदेश सभा सदस्य कामीले दलितका हक अधिकारलाई अझ सशक्त ढंगले उत्थान गर्दै हरेक तवरले उठाउनुपर्ने बताउनुभयाे ।
दलित मुक्ति मोर्चा बाँफिकोट गाउँपालिका आयोजक समिति संयोजक दुर्गालाल बिकको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा दलित मुक्ति मोर्चा कर्णाली प्रदेश ईन्चार्ज तथा प्रदेश सभा सदस्य रातो कामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओबादी क्रन्द्र कर्णाली प्रदेश कमिटि सदस्य तथा बाँफिकोट गाउपालिका ईन्चार्ज महेन्द्र केसी, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, दलित मुक्ति मोर्चा रुकुम पश्चिम जिल्ला ईन्चार्ज मन बहादुर बादी लगायत दलित अगुवाहरूको आतित्यता रहेको थियो ।
नयाँ संबिधानको उपलब्धिको रक्षा साँस्कृतिक रुपान्तरण क्रान्तिको लागि दलित मुक्ति मोर्चाको आम्दोलन, समृद्घ संगठन उत्पादन र राष्ट्रिय स्वाधिनताको पक्षमा बाँफिकोट गाउँपालिकाको सम्मेलन भन्ने मूल नाराका साथ सम्मेलन सुरु भएको छ । भेला भोली सम्म चल्ने आयोजकले जनाएको छ । भेला आयोजक समिति सदस्य दत्तबहादुर बिकको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सदस्य भरत बिकले गर्नुभयको थियो ।