Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगामा अन्तर पालिका स्तरीय खेलकुद प्रतियोगीता सुरु 

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा अन्तर पालिका स्तरीय खेलकुद प्रतियोगीता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले सदरमुकाम मुसीकोट खलंगाको बराहटाकुरा टँुडिखेलमा अन्तर पालिका स्तरीय खेलकुद प्रतियोगीता आयोजना गरेको हो । उक्त प्रतियोगीताको आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले उद्घाटन गर्नुभयो ।

१४ गतेसम्म चल्ने प्रतियोगीता अन्तरगत पालिका स्तरीय महिला, पुरुष भलिबल र जिल्ला स्तरीय खुला पुरुष ब्याडमिन्टन संचालन हुने छ । महिला तथा पुरुष भलिबलमा जिल्लाका ६ वटा पालिकाको सहभागीता रहेको छ भने पुरुष ब्याडमिन्टनमा जिल्ला भित्रका ६७ जोडीको सहभागीता रहेको छ । 

महिला तथा पुरुष भलिबलको विजेताले नगद ५५ हजार, उप–विजेताले २५ र सेमिफाईनलमा पुग्ने २ टीमले १२/१२ हजार नगद पुरस्कार पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष व्याडमिन्टनमा प्रथमले २५ हजार, दोस्रोले १५ हजार पुरस्कार पाउँदा सेमिफाईनलमा पुग्ने २ जोडिले नगद ५/५ हजार पुरस्कार पाउँने छन् ।

मुख्यमन्त्री कप रनिङ शिल्डको तयारी स्वरुप प्रतियोगीता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यो प्रतियोगीताबाट कर्णाली प्रदेशमा आयोजना हुने मुख्यमन्त्री कप रनिङ शिल्डका लागि जिल्लाको महिला तथा पुरुष भलिबल खेलाडी छनौट गरिने आयोजकको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update