रुकुम पश्चिम सदरमुकाम खलंगामा आयोजना गरिएको अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता आज पनि जारी छ । भलिबल प्रतियोगिता निरन्तर चल्ने छ भने पुरुष ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले जिल्ला भित्रैको अन्तर पालिका स्तरीय महिला तथा पुरुष भलिबल र खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
शुक्रबार यो प्रतियोगिताको उद्घाटन भएको थियो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । आज ब्याडमिन्टनको साथै पुरुष तथा महिला भलिबल प्रतियोगिता निरन्तर चलिरहेको आयोजक समिति जिल्ला खेलकुद समिति अध्यक्ष शैलेसकुमार शर्माले जानकारी दिनुभयो ।
पुरुष भलिबल शुक्रबारबाटै सुरु भएको थियो भने अरु खेल आज सुरु भएको अध्यक्ष शर्माले बताउनुभयो । शुक्रबार भएको पुरुष भलिबलमा चौरजहारी नगरपालिकाले सानीभेरी गाउँपालिकालाई राजित गरेको थियो । महिला तथा पुरुष भलिबवल मा ६/६ समुहले सहभागिता जनाएका छन् भने ब्याडमिन्टनमा ६७ टिमले सहभागिता जनाएका छन् ।