नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको केन्द्रीय सदस्यमा रुकुम पश्चिम र पूर्वबाट ८ जना मनोनित भएका छन् । ओली समूहको पुष ५ र ९ गतेको बैठकले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । रुकुम पश्चिमबाट तिर्था गौतम, नन्दराम देवकोटा, विद्यापती रिजाल र नारायणकुमार शाह केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो ।
रुकुम पूर्वबाट नन्दलाल शर्मा, सतमान पुन, टोपबहादुर ओली र आशा स्वर्णकार केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो । एक नेताका अनुसार रुकुम पश्चिमबाट तिर्था र नन्दराम ५ गतेको बैठकबाट मनोनित हुनु भएको हो भने विद्यापती र नारायणकुमार ९ गतेको बैठकबाट मनोनित हुनु भएको हो । रुकुम पूर्वका नन्दलाल र सतमान ५ गतेको बैठकबाट मनोनित हुनु भएको थियो भने टोपबहादुर र आशा ९ गतेको बैठकबाट मनोनित हुनु भएको हो ।
ति नेताका अनुसार हालसम्म यि दुई जिल्लाबाट ८ जना मात्रै केन्द्रीय सदस्य मनोनित हुनु भएको हो । रुकुम पश्चिमका तिर्था संघीय संसद तथा नेकपाका कर्णाली प्रदेश सदस्य हुनुहुन्छ भने नन्दराम यमुना नन्द नमूना माविको आधारभुत तह १–५, का शिक्षक हुनुहुन्छ । नेकपा एमालेमा लामो समय राजनीति गरेका विद्यापति भने पछिल्लो समय खासै सक्रिय हुनुहुन्थेन भने नारायणकुमार जिल्ला कमिटि सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को सह संयोजक हुनुहुन्थ्यो ।
रुकुम पूर्वबाट केन्द्रीय सदस्यमा मनोनित हुनु भएका नन्दलाल पार्टीको लुम्बिनी प्रदेश सदस्य, सतमान जिल्ला कमिटि सचिव, टोपबहादुर प्रदेश कमिटि सदस्य र आशा लुम्बिनी प्रदेश सभाको भौतिक पूर्वाधार समितिको सभापति तथा पार्टीको प्रदेश सदस्य हुनुहुन्थ्यो । नेकपा रुकुम पश्चिमको नेकपाले शुक्रबार एक विज्ञप्ती जारी गरे प्रचण्ड नेपाल समूहको निर्णयमा समर्थन रहेको जनाई सकेको छ । अध्यक्ष गोपाल शर्मा र सचिव विमलकुमार पुनले विज्ञप्ती जारी गरी प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको उल्लेख गर्नुभएको छ ।