रुकुम पश्चिम सदरमुकाम खलंगामा जारी अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत महिलाको फाइनल खेल सानीभेरी गाउँपालिका र त्रिवेणि गाउँपालिकाबीच हुने भएको छ । आइतबार भएको सेमी फाइनल खेलबाट सानीभेरी त्रिवेणिले फाइनल भेट पक्का गरेका हुन् ।
सोमबार १५ गते सानीभेरी त्रिवेणि गाउँपालिकाबीच हुने छ । सानीभेरीले बाँफिकोट गाउँपालिकालाई ३–० को सोझो सेटमा हराएको थियो भने त्रिवेणि गाउँपालिकाले आठबीसकोाट नगरपालिकालाई हराएर फाइनल स्थान सुरक्षित गरेको थियो ।
त्रिवेणिले आठबीसकोटलाई १–३ सेटले जितेको थियो । सानीभेरीले पहिलो सेट १२–२१, दोस्रो सेट २७–२९ र तेस्रो सेट २० विरुद्ध २५ नम्बरले जितेको थियो । त्रिवेणिले पहिलो सेट १८–२५, दोस्रो २१–२५ ले हात पारेको थियो । तेस्रो सेट भने आठबीसकोटले २५–२७ ले जितेको थियो ।
चौथो सेट त्रिवेणि गाउँपालिकाले १३–२५ ले जितेको थियो । महिलातर्फको विजेताले ५५ हजार, उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् भने सेमी फाइनल पुगेका २ समुलाई १२/१२ हजार पुरस्कार दिइने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेश शर्माले जानकारी दिनुभयो ।