रुकुम पश्चिम सदरमुकाम खलंगामा आयोजित अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फको भलिबल सानीभेरी गाउँपालिकाले जितेको छ । फाइलनमा त्रिवेणि गाउँपालिकालाई २–३ सेटले हराउँदै सानीभेरी विजेता बनेको हो । पहिलो र दोस्रो सेट त्रिवेणि गाउँपालिकाले जितेको थियो । त्यसपछि तेस्रो र चौथो सेट जितेको सानीभेरीले पाँचौ सेट पनि जितेको हो ।
पहिलो सेट त्रिवेणि गाउँपालिकाले १७–२५ ले दोस्रो सेट पनि १७–२५ ले हात पारेको थियो । तेस्रो सेट भने सानीभेरी गाउँपालिकाले २४–२६ र चौथो सेट ११–२५ ले हात पारेको थियो । पाँचौ सेट सानीभेरी गाउँपालिकाले १८–२० ले हात पार्न सफल भएको हो । विजेता सानीभेरी गाउँपालिकाले नगद ५५ हजार नगद प्राप्त गरेको छ ।
उपविजेता बनेको त्रिवेणि गाउँपालिकाले २५ हजार नगद प्राप्त गर्दा सेमी फाइन पुगेका बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाले १२/१२ हजार नगद पुरस्कार हात पारेका छन् । जिल्ला खेलकुद विकास समितिले १२ गतेदेखि अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।
अहिले भने पुरुष भलिबलको फाइनल खेल भइरहेको छ । चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाबीच फाइनल खेल भइरहेको छ । खुला पुरुष ब्याडमिन्टन भने यस अघि नै सकिसकेको छ । भावेश बोहरा र सिदार्थ केसीको जोडीले कृष्ण नाथ योगी र विजय विष्टको जोडीलाई पराजित गरेको थियो ।