Kakhara सबैको खबर सम्पूर्ण खबर
१० महिनापछि खेल गतिविधि
जिल्ला भलिबल संघले आयोजना गरेको भलिबल संघ कपको उद्घाटन खेल खेल्दै खेलाडिहरु ।

कोरोना भाईरस (कोभिड–१९) का कारण ठप्प भएको खेल गतिविधि रुकुम पश्चिममा १० महिनापछि सुरु भएको छ । सरकारले जारी गरेको लकडाउन र स्वास्थ्य सुरक्षा सतकर्ता अपनाउनु पर्ने भएका कारण जिल्लामा लामो समय जिल्लामा खेल गतिविधि ठप्प थिए । तर १० महिनापछि जिल्ला भलिबल संघले भलिबल संघ कप आयोजना गरेको छ । उक्त प्रतियोगिता आजबाट सदरमुकाम मुसीकोट खलंगाको बह्राटाकुरा स्थित खेल मैदानमा सुरु भएको छ । कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा ‘अनल’ले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिता १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा 'अनल'

आज उद्घाटन संगै सो म्याच भएकामा भोली देखि प्रतियोगितात्मक खेलहरु संचालन हुने भलिबल संघका अध्यक्ष मोहनकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागिता जनाउने टिमको टुंगो साँझसम्म लाग्ने छ । विभिन्न ठाउँका २७ वटा टिमले फोन मार्फत नाम टिपाएको र दर्ताका लागि सम्पर्कमा आईरहेकोले सहभागि टिमको टुंगो लाग्न र खेल लिगकम वा नकआउट कुन विधिबाट संचालन गर्ने भन्ने टुंगिएको छैन् ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार, ट्रफि र मेडल प्राप्त गर्दा उप–विजेताले नगद ३१ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै तृतिय हुने टिमले नगद २१ हजार, ट्रफि र मेडल प्रदान गरिने छ । स्थान हाँसिल गर्ने सबै खेलाडिलाई मेडलको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ । त्यस्तै विभिन्न व्यक्तिगत पाँच इभेन्टमा पनि खेलाडि पुरस्कृत हुने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडिका साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट सेटर घोषणा गरी पुरस्कृत गर्ने आयोजकको तयारी छ ।

प्रतियोगिताको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । यसैविच कार्यक्रम मार्फत जिल्लाका संस्थापक भलिबल खेलाडिहरुलाई भलिबल संघले दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update