Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीका मुख्यमन्त्री शाहीकाे राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएकाे छ । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उहाँले ३ वर्ष ८ महिनापछि राजीनामा दिनुभएकाे हाे । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।

गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गर्नुभयाे र राजीनामा घोषणा गर्नुभयाे । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताउनुभयाे । आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गर्नुभयाे ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update