Kakhara सबैको खबर सम्पूर्ण खबर
यमाहाको एक्सचेन्ज अफर 

रुकुम पश्चिमको मुसीकोट खलंगामा यमाहाको एक्सजेन्ज अफर जारी छ । अफर यमाहाको डिलर मुसीकोट नगरपालिका ५ मा चलिरहेको छ । जुनसुकै कम्पनीका पुराना मोटरसाईकल दिएर यमाहाका जुनसुकै मोडलका नयाँ मोटरसाईकल लिन सकिने यमाहाको डिलर मुना मदन वर्कशपका संचालक आकाश रोकाले जानकारी दिनुभयो । कार्तिक ११ गतेबाट सुरु भएको एक्सचेन्ज अफर कार्तिक १८ गतेसम्म संचालन हुने उहाँले बताउनुभयो ।

यमाहाको दशैं, तिहार तथा छठ पर्वको अवसरमा छुट अफर पनि जारी छ । स्क्र्याच मार्फत १० हजार देखि १ लाखसम्मको डिस्काउण्टको सुविधा रहेको यमाहाले जनाएको छ । त्यस्तै हरेक हप्ता एउटा सुनको तास र बम्परमा ३ वटा सुनका तास पनि यमाहाको मोटरसाईकल किन्ने लक्कि ग्राहकले पाउने बताईएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update