Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ का माथिल्लो वस्तीमा विद्युत विस्तार हुँदै

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को माथिल्लो बस्तीमा विद्युत पुग्ने भएको छ । वडाको लेकाली क्षेत्रका विभिन्न बस्तीहरुमा नेपाल विद्युत प्राधिकरणको विद्युत पुग्न लागेको हो । वडाको पैयाँगैरी, मेलपोखरा, मेलगैरी,स्वाँरा र भाटी लगायतका बस्तीहरुमा विद्युत पुग्न लागेको वडा अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनु भयो ।

अहिले उक्त क्षेत्रमा विद्युत लाइन बिस्तारको काम भइ रहेको छ । ठेकेदार मार्फत लाइन बिस्तारको काम भइरहेको बताईएको छ । नागरिक हाइड्रो इनर्जीले ८ लाख ३० हजारमा लाइन बिस्तारको जिम्मा लिएको छ । ठेक्दार कम्पनीका प्रतिनिधि धिरण शिर्पालीले काक्तिक मसान्तसम्म लाइन बिस्तारको काम सक्ने गरी काम भइ रहेको बताउनुभयो ।

बाँफिकोट गाउँपालिकाको वडा नम्बर १ बाहेक अरु सबै वडामा विद्युत पुगेकाे नेपाल विद्युत प्राधिकरण रूकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराइले जानकारी दिनुभयो । १ नम्बर वडाका सर्वसाधारणले वडाको नव भिजन लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतबाट सेवा लिइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update