प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम (पश्चिम) को पाचौं जिल्ला सम्मेलन पछिको पहिलो बैठक बसेको छ । कात्तिक १३ गते जिल्ला सदरमुकामको सेरीगाउँ स्थित सहिद स्मृति सभाहलमा भएको सम्मेलनबाट नयाँ नेतृत्व चयन भएपछिको पहिलो बैठक आज बसेको हो । अध्यक्ष हरि गौतमको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज वसन्त कुमार शर्मा कुशलको प्रमुख आतिथ्यतामा बसेको बैठकले पाँचौ जिल्ला सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएको छ ।
बैठकले प्रेस सेन्टर नेपालले स्थापनाका लागि प्रक्रिया अघि बढाएको प्रेम–समर साहसिक युद्ध पत्रकारिता पुरस्कारको लागि अक्षय कोषलाई पूर्णता दिने निर्णय गरेको छ । त्यस्तै संगठन अन्तर्गतका सम्पूर्ण पालिका समितिहरुको आयोजनामा आधारभुत पत्रकारिता तालिम संचालन गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले कार्तिक ३० गते सुर्खेतमा हुने प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको सम्मेलनमा जिल्लाको सहभागितालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ ।