Kakhara सबैको खबर सम्पूर्ण खबर
भलिबलको उपाधी जित्ने खेलाडीलाई सानीभेरी गाउँपालिकाले दियो जनही ५/५ हजार 
  • छविलाल बिष्ट

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले सदरमुकाम खलंगामा आयोजना गरेको अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत महिला र पुरुष भलिबलमा उपाधी जित्ने सानीभेरी गाउँपालिकाका खेलाडी जनही ५/५ हजार सहित सम्मानित भएका छन् । आज गाउँपालिकाले ११ जना महिला खेलाडी र ९ जना पुरुष खेलाडीलाई जनही ५/५ हजार नगद, कापि, कलम र सम्मान पत्रले सम्मान गरेको हो ।

२ जना टीम कोच र १ जना व्यवस्थापकलाई भने जनही १० हजार नगद प्रदान गरिएको छ । गाउँपालिकाको महिला, पुरुष दुवै टीमले भलिबलको उपाधी जितेको थियो । महिला टीमले त्रिवेणि गाउँपालिकालाई र पुरुष टीमले चौरजहारी नगरपालिकालाई पराजित गर्दै उपाधी जितेको थियो । उपाधी जित्ने खेलाडीलाई आज गाउँ कार्यपालिकाको कार्यालय सिम्लीमा बोलाएर गाउँपालिकाले नगद सहित सम्मान गरेको हो ।

खेलाडीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष नरबहादुर पुनले गाउँपालिकाले सुरु देखि नै खेल क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । जसको फलस्वरुप गाउँपालिकाले खेलकुदमा राम्रो नजिता निकाल्न सफल भएको उहाँको भनाई थियो । आगामी दिनहरुमा पनि गाउँपालिकाले खेलकुदका क्षेत्रमा लगानी गर्ने भन्दै उहाँले खेलाडी तथा खेलकुदका क्षेत्रमा सक्रिय संस्थालाई सधैं तयारी अवस्थामा बस्न आग्रह पनि गर्नुभयो । गाउँपालिका खेलकुदमा अब्वल रहेको र आगामी दिनमा पनि यसलाई कायमै राख्ने चुनौतिको सामना गर्न गाउँपालिका तयार रहेको उहाँको भनाई थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update