Kakhara सबैको खबर सम्पूर्ण खबर
सिन्धुलीकी सुस्मिताको उपचारका लागि रुकुम पश्चिमबाट सहयोग 

कलेजो र मृगौला रोगबाट पिडित सिन्धुलीकी सुम्मिता मोक्तानको उपचारका लागि रुकुम पश्चिमबाट सहयोग पठाईएको छ । त्रिवेणि गाउँपालिकाका विभिन्न व्यक्तिहरुले व्यक्तिगत सहयोग जुटाएर पठाएका हुन् । सुम्मिताको उपचारका लागि ७ हजार २ सय १५ रुपैंया पठाईएको त्रिवेणि गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो ।

पुनले ११ सय, त्रिवेणि ५ जिवाङका रणबहादुर पुनले १ हजार, त्रिवेणि ३ कुरलका सर्वजित ओलीले १ हजार, त्रिवेणि ६ का भुपेन्द्र पुनमगरले १ हजार, त्रिवेणि ६ का जीवन पुनमगरले १ हजार, त्रिवेणि १० का तेजकुमार ओलीले १ हजार र मुसीकोट नगरपालिका २ का इन्द्रबहादुर भण्डारीले १ हजार १ सय १५ रुपैंया सहयोग गरेको वडाध्यक्ष पुनले बताउनुभयो । सुम्मिताको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update