Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणि १ र २ का ग्रामिण सडक सुचारू, स्थानीयलाई सहज

रुकुम पश्चिमको त्रिबेणि गाउँपालिका वडा नम्बर १ र २ का ग्रामिण सडक सञ्चालनमा आएका छन् । वर्षायाम सकिएकाे लामाे समयपछि वडाका सडकहरू सञ्चालनमा आएका हुन् । वडा नम्बर १ को रुघा, दहभागे लगाएतका ठाँउ र वडा नम्बर २ काे भेडाखर्क, गैरिनेटा, बादरपानी बेतखोला लगायतका ठाउँ जाेड्ने सडक सञ्चालनमा आएका छन् । ग्रामीण सडक सन्चालनमा आए संगै टाढाको दुरीमा आवातजावत गर्न र दैनिक आवश्यक पर्ने खाद्यान्न दुवानी गर्न सहज भएको छ । 

वर्षा याम सुरु भए संगै  असार देखि असोजको अन्तिम साता सम्म यी सडकहरु अबरुद्ध नै  हुन्छन् । यो समयमा  स्थानीयलाई बजारसम्म आवातजावत  गर्न र खाद्यान्न ढुवानी गर्न मुश्किल पर्ने गर्छ। वर्षा को समयमा यातायात नचन्दा करिब अढाइ घन्टा हिडेर खाद्यान्नको जोहो गर्नुपर्ने बाध्यता स्थानीयलाई छ। हरेक वर्ष जब वर्षा सकिन्छ अनि मात्र ग्रामीण सडक संचालनमा आउने गरेका छन् । ग्रामीण सडकमा ४/६ महिना मात्रै नभई बाह्रै महिना यातायातका साधन चल्न मिल्ने गरि व्यवस्थापन गर्न स्थानीयको माग छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update