Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि १ सय १३ औं लक्ष्मी जयन्ती मनाईयो 

रुकुम पश्चिममा पनि १ सय १३ औं लक्ष्मी जयन्ती मनाईएको छ । राप्ती सहित्य परिषद रुकुम पश्चिमले लक्ष्मी जयन्तीको अवसर पारेर मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा रहेको लक्ष्मी बाटिकामा औपचारिक कार्यक्रम संचालन गरेको छ । उक्त अवसरमा क्याम्पसको लक्ष्मी बाटिकामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण तथा अविरआवरण गरिएको छ । कार्यक्रमका सहभागिहरुले यस अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झेका थिए ।

साहित्यकार मकुन्दप्रसाद शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य सकुन्तलाको समिक्षा गर्नुभएको थियो । यसैअवसर पारेर राप्ती साहित्य परिषदको नियमित श्रृंखला रुकुम साहित्य मालको ८९ औं श्रृंखला पनि संचालन गरिएको छ । कार्यक्रममा १ दर्जन बढीले विभिन्न रचना वाचन गरेका थिए ।

राप्ती साहित्य परिषद रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगतिशिल लेखक संघ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढा, राप्ती साहित्य परिषद रुकुम पश्चिमका सल्लाहकार मुकुन्दप्रसाद शर्मा, प्रगतिशिल लेखक संघ रुकुम पश्चिमका सदस्य हरिपवन खड्का, राप्ती साहित्य परिषद रुकुम पश्चिमका कोषाध्यक्ष प्रमोदकुमार शर्मा लगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्ष सृजना शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समष्टि बुढाले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update