Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्तो बन्ने भयो मुसीकाेट १२ मा दुध प्रशोधन केन्द्र 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ मा दुध प्रशोधन केन्द्रको भवन निर्माणका लागि ठेक्का लागेको छ । वडाको चिसापानीमा दैनिक ४० हजार लिटर क्षमताको दुध प्रशोधन केन्द्र निर्माणको काम जारी छ । जमिन सम्याउने देखि तटबन्ध निर्माणको काम भइसकोको छ भने अव भवन निर्माणको काम सुरु हुने भएको छ । भवन निर्माणको पहिलो चरणको कामका लागि एम.एस शिवालय–कवर जेभिले ठेक्का पाएको छ । 

छठ लगत्तै निर्माणको काम सुरु हुने स्यार्पू कृषि कम्पनी लिमिटेडले जनाएको छ । पहिलो चरणको काम ६ महिनामा सक्नेगरी सम्झौता भएको छ । स्यार्पू पावर कम्पनी लिमिटेडको सहायक कम्पनी स्यार्पू कृषि कम्पनी लिमिटेडको लगानीमा दुध प्रशोधन केन्द्र निर्माण हुन लागेको हो । जिल्लाको कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने तथा समग्र जिल्लाको आर्थिक गतिविधिलाइ चलायमान बनाउने उद्देश्यका साथ अर्थमन्त्री एवं रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को परिकल्पनामा दुध प्रसोधन केन्द्र निर्माण हुन लागेको हो । 

प्रशोधन केन्द्रमा प्रतिदिन ४० हजार लिटर दूध प्रशोधन गरेर छुर्पी र फेलबर मिल्क उत्पादन गर्ने लक्ष्य राखिएको छ । दुध प्रशोधन केन्द्रका लागि अहिलेसम्म जमिन सम्याउने देखि अन्य काम भइसकेका छन् । खोलामा तटबन्ध निर्माणको काम भएको छ । कम्पाउण्डिङ वाल पनि निर्माण भएको छ । अव भवन निर्माण हुने भएपछि दुध प्रशोधन केन्द्र निर्माणको कामले तिव्रता पाउने भएको छ । उद्योगका लागिसाढे १५ रोपनी जग्गा खरिद गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update