Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिला चोर्यो २ दिनपछि घरमै ल्याएर छोडिदियो  
चाेरी भएका सामान ।
  • गाेपालसिंह खड्का

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ का बीरबहादुर खड्काको चोरी भएको सामान भेट्टिएको छ । गत कार्तिक १५ गते बेलुका खाना खाने लागेको बेला घरको माथिल्लो तलामा राखेका सामानहरु चोरी भएका थिए । झोलामा राखेको नगद पाँच हजार सहित सुनका विभिन्न गरगहना ९ तोला चोरी भएको थियो ।

चोरी भएको सुचनाका आधारमा प्रहरी चौकी नुवाकोटले घटनाको अनुसन्धान गरिरहेको थियो । चोरले उक्त झोला हराएको दुईदिनमा जुन घरबाट चोरी भएको हो सोही घरको ढोकामा ल्याई छोडेको प्रहरीले जनाएको छ । चोरी कसले गर्यो र उक्त सामान पुनः चोरी भएकै घरमा कसले ल्यायो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update