Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २ सय ३८ र पूर्वमा ७९ जना गणक खटिने 

कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने जनगणना २०७८ अन्तरगत रुकुम पश्चिममा २ सय ३५ जना गणकहरु खटिने भएका छन् । जिल्लाका ६ स्थानीय तहका ७३ वडाका सबै घरमा पुग्ने गरी गणकहरु परिचालन हुन लागेका हुन् । जसका लागि गणकहरु तयारी अवस्थामा रहेको जनगणना कार्यालय रुकुम पश्चिमले जनाएको छ । उनिहरुलाई आवश्यक तालिम र सामग्री सहित तयारी अवस्थामा राखिएको जिल्ला जनगणना अधिकारी सतिसकुमार चौधरीले जानकारी दिनुभयो । 

यसअघि जिल्लाभरमा ५७ जना फिल्ड सुपरिवेक्षक खटिएका थिए । जसले घरपरिवार संख्या र जिल्लाको प्रारम्भिक जनसंख्या निकालेका थिए । जसअनुसार जिल्लामा ३८ हजार १ सय २४ घरधुरी संख्या रहको पत्ता लागेको छ भने जिल्लाको प्रारम्भिक जनसंख्या १ लाख ७२ हजार ९ सय ५६ निस्किएको छ । यो जनगणना २०६८ को तुलनामा १० प्रतिशत बढि हो । अन्तिम तथ्यांक भने पुर्ण जनगणनाबाट निस्किने जिल्ला जनगणना अधिकारी चौधरीले बताउनुभयो । 

यसैविच रुकुम पूर्वमा ७९ जना गणकहरु खटिने भएका छन् । जिल्लाका ३ गाउँपालिकाका ३१ वडामा जनगणनाका लागि ७९ जना गणकहरु खटिने जिल्ला जनगणना कार्यालयले जनाएको छ । गणकहरुलाई यससम्बन्धीको तालिम प्रदान गरिसकिएको छ ।  भौगोलिक हिसावले विकटता र सजिलै जानकारी प्राप्त गर्न मुस्किल हन सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यसलाई कसरी सहजिकरण गर्न सकिन्छ भन्ने विषयमा गणकहरुलाई तालिम दिईएको जनगणना कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख ठाकुरप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिस्ने गाउँपालिकामा २५ जना, भूमे गाउँपालिकामा २० जना र पुथाउत्तरगंगा गाउँपालिकामा २७ जना गणकहरु खटिदै छन् । यसअघि जिल्लाभरमा सुपरिवेक्षकहरु खटिएर घर परिवार संख्या सुचिकृत गरिसकेका छन् । जिल्लामा १२ हजार घरधुरी संख्या सुचिकृत भएको प्रमुख लामिछानेले बताउनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update