रुकुम पश्चिम प्रहरीले चोरीको आरोपमा दइ युवालाई पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ७ को साँख माथिल्लो गाउँका ३३ वर्षिय भिमबहादुर सुनारको घरमा चोरी गरेको आरोपमा प्रहरीले रुकुम पूर्वको सिस्ने गाउँपालिकाका दुइ युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका वडा नम्बर ७ र वडा नम्बर ८ का रहेका छन् ।
उनिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । घरको ढोकाको ताला तोडफोड गरी दराज भित्र राखेको अन्दाजी २ लाख ५० हजार चोरी भएको उजुरीका आधारमा सोधपुछका क्रममा २ युवालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । अनुसन्धान गर्दा उनिहरुले लुकाई छिपाई राखेको १ लाख ६५ हजार २ सय ६५ रुपैंया फेला परेको प्रहरीले जनाएको छ । उनिहरु माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।।