Kakhara सबैको खबर सम्पूर्ण खबर
यतु–दर्शनी शिक्षा, स्वास्थ्य सहायता कोष स्थापना

रुकुम पूर्वको एक विद्यालयले हरेक वर्ष एक लाख रुपैयाँ पाउने भएको छ । सिस्ने गाउँपालिका ८, भुरुङ्गाको आधारभुत विद्यालयलाई हरेक वर्ष कम्तिमा एक लाख रुपैयाँ प्राप्त हुने भएको हो । यतु–दर्शनी शिक्षा, स्वास्थ्य सहायता कोषले विद्यालयको समग्र विकासका लागि भन्दै हरेक वर्ष कम्तिमा एक लाख र त्यो भन्दा बढी रकम सहयोग गर्ने भएको हो । त्यसको सुरुवात सोमबारबाटै भएको छ ।

भुरुङ्गाका स्थानीय युत रावल र दर्शनी रावलका ४ भाइ छोरा र २ बहिनी छोरीले बुवा–आमाको नाममा यतु–दर्शनी शिक्षा, स्वास्थ्य सहायता कोष स्थापना गरी विद्यालयलाई सहयोग गर्न थालेका हुन् । जेठा छोरा भिमबहादुर, माइला चुमबहादुर साइला केशव र कान्छा शंकर तथा छोरीहरु नन्दकला र चन्द्रकलाले बुवा यतु र आमा दर्शनीको सम्मानमा यो कोष स्थापना गरेका हुन् ।

उक्त कोषबाट हरेक वर्ष विद्यालयलाई कम्तिमा एक लाख र त्यो भन्दा बढी पनि सहयोग गर्ने गरी कोष बनाइएको साइला छोरा केशवले बताउनुभयो । यस कोषबाट गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शिक्षक, स्टाफको तलबमा सहयोग गर्ने उद्देश्य राखिएको केशवले जानकारी दिनुभयो ।

विद्यालयले आयोजना गरेको एक कार्यक्रममा उक्त कोषको घोषणा गरिएको थियो । विद्यालयले पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावक समेतको कार्यक्रम आयोजना गरेको थियो । अब कम्तिमा पनि ५ वर्ष उक्त रकम नियमित आउने भएको विद्यालय प्रध्यानाध्यापक नन्दराम केसीले बताउनुभयो । यसले विद्यालयका समग्र विकासमा सहयोग पुग्ने विश्वास गरिएको पनि बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update