पुर्ण जङ्ग मल्ल
समयको लामो झरी पछि सुर्यको न्यानो ताप सङै धर्तीमा दुई फुलका कोपिला फक्रीदै थिए । मौसम बसन्तले मगमगाइरहेको थियो, रुखका पालुवासंगै अनेक फुलहरुको रङीचङी थियो । दुबैले आधारभुत तहको पढाइ सकेर माध्यमिक तहमा प्रवेश गर्दै थिए । दुबै अन्जान थिए, उनीहरुको गाउँ, पहिले पढेको स्कुल, वरपरको वातावरण फरक थियो । मुहारमा चम्किलो चमक अनि त्यो सुन्दरताले भरिएका सपनाहरु संगसंगै उनीहरु एउटै बिद्यालयमा प्रवेश गरेका थिए । एउटै कक्षा भएसी बिस्तारै रीतिका र बिजयको चिनजान हुँदै गयो । दुबै पढ्नमा मेहनती, जागरिला, इमान्दार र उत्सुक्ताबादी ब्यबहारका थिए । बिद्यालयमा उत्कृष्ट छात्राछात्रको रुपमा उनीहरुको नाम पनि आउथ्यो । रीतिका भबिस्यमा नर्स बनी सेवा गर्छु भन्थि उता बिजय समाजलाई बदल्ने एक राम्रो नेता बन्ने बताउथ्यो । दुबैजना एकर्काको नजिक हुँदै थिए । शुक्रवारीय वक्तृत्व तथा वादविवाद जस्ता कार्यक्रममा सहभागी भै दुबैले आफ्ना तर्कले सबैलाई लठ्ठै पार्थे ।
समयको गतिशिल यात्रा संगै उनीहरुको यात्रा पनि जारी नै थियो । दुबै ९ कक्षा उत्तीर्ण गरि १० कक्षामा पढ्ने भैसकेका थिए । दुबैमा पहिले भन्दा बढी ख्याल ठट्टा अनि जिस्किने बानी बस्दै थियो, अझ भनौ त्यो उमेर नै त्यस्तै थियो चनचले स्वभाव झल्किने खालको । आफ्नो क्रियाकलापको नतिजा आफुलाई थाहा नहुने तर त्यस्तै गर्न पाए हुनि भन्ने खालको । घुलमिल तथा केही आकर्षणका कारण बिजय कताकता रीतिका प्रती मोहित हुँदै थियो । अझ भनौ उ उसलाई मन पराउथ्यो, आफ्नो प्रेमिका बनाउन चाहन्थ्यो । उता रीतिकाको व्यवहार पनि उस्तै देखिन्थ्यो । खाली पिरियडको समयमा दुबै गफमा भुल्थे, रीतिकाले बिजयको केशमा हात राखी घरीघरी अनेक कुरा गर्दै जिस्किने गर्थि तर पनी दुबैले आ–आफ्नो मनको कुरा खुलस्त साटासाट गर्न भने सकिरहेका थिएनन् । बिजयको पारिवारिक अवस्था आर्थिक रुपमा केही कमजोर थियो रितिकाको भन्दा । बिजयको बुवामुवा खेती किसानी गर्थे भने रीतिकाका बुवा शिक्षक हुनुहुन्थ्यो । दिनहरु चल्दै थियो । पौष महिनाको जाडोमा बिहान ट्युसन कक्षा पढ्न जादा आउँदा उनीहरु सङै हिडडुल गर्थे । उनीहरुको एस.इ.इ. को परीक्षा तालिका पनि सार्बजनिक भैसकेको थियो । अब भने दुबैले पढाइलाई फोकस गर्न पर्ने थियो । त्यसैअनुसार उनीहरु पढ्नमा नै ब्यस्त भए । नभन्दै परीक्षा पनि नजिकै आयो । दुबैको राम्रो तयारी थियो । परीक्षा पनि भयो दुबै राम्रो ग्रेडमा उत्तीर्ण भए । अब भने दुबैको यात्राको मार्ग छुटिदै थियो । उनीहरु आफ्नो परीक्षा यता भने भेटघाट मा थिएनन सामान्य फोन, मेसेजमा कुराकानी गर्थे । रीतिकालाई नर्स पढाउने भनी उसका बुवामुवाले काठमाडौ पठाउनु भएछ । यता पारिवारिक समस्या तथा सामाजिक संरचनामा घुलमिल हुन गारो भएपछी बिजयले आफ्नो पढाईलाई निरन्तरता दिन भने सकेन ।
बिजयले १८÷१९ बर्षको उमेरमा नागरिकता बनाए लगत्तै पासपोर्ट बनाउन पर्ने भयो । पहिले जुन समाजलाई बदल्ने कुरा गथ्र्यो आज त्यही समाजले पैसा बिना पढ्न लेख्न र राम्ररी बाच्न नदिएसी उ खाडीमा जान बाध्य भयो । आफ्ना सपनाहरुलाई सपनामै राखेर बाहिरिन पर्यो । जति रीतिका र बिजयको भौगोलिक दुरी बढ्दै थियो त्यति सम्पर्क घट्दै थियो । करिब १ बर्ष बढी भैसकेको थियो खाडीमा बिजयले रात दिन मोतिका दाना खसाइरहेको पनि । उ आफ्ना सपनाहरुलाई थिचेर श्रम गरिरहेको थियो । उ कसैलाई दोष पनि लगाउदैन, आफ्नै भाग्यप्रती लाचार भएर तातो घामलाई घाम र चिसो पानीलाई पानी नभनी पैसाको लागि रातदिन खटिरहेछ । यता रीतिकाको भने पारिवारिक सल्लाहमा एक धनाढ्य केटासँग बिहे गर्दिने कुरा चल्दै थियो । रीतिका भने मौन थिई या भनौ आफ्ना बुवामुवाको मन दुखाउन चाहन्नथी वा भनौ उसमा यति शाहस पनि थिएन कि म अरु कसैलाई मन पराउछु भन्ने । कसैको पर्खाइमा छु, मलाई मेरो पढाइ पूरा हुन दिनुस । अन्ततः उसको बिहे भयो । बिहे पछि उसको पढाइ पनि रोकियो । उ आजभोली हाउसवाइफको जिम्मेवारी सम्हालिरहेकी छे ।
बिजयले यो सबै थाहा पाएपछि झन उसमा आशाका किरणहरु एकपछी अर्को गर्दै घटिरहेको आभास भैरहन्थ्यो । उ आज भोली एकान्तमा बस्न रुचाउँछ, त्यो स्कुले जिवनलाई सम्झिन्छ र भक्कानिएर रुन्छ । आफ्ना हर कदममा उ बाधा नै बाधा देखिरहेछ रत मनलाई समाल्न सकेको छैन । लाग्छ उसलाई आफ्नो भाग्य अरु कसैले लेखिरहेछ, आफुलाई एक पात्र बनाएको सम्झिन्छ । उ अचेल यस्तै मन गढन्ते सवालहरुले आफैलाई प्रश्न गरिराखेको हुन्छ । एकदिनको कुरा हो यस्तै टोलाउदै मेसिनको काममा गएको बेला उसको दुर्घटना हुन पुग्छ । उसको देब्रे खुट्टा काटिन पुग्छ । समस्यामा झन समस्याहरु बढ्दै जान्छन । यता रीतिकाको भने एक सन्तान पनि भैसकेको हुन्छ । उसलाई पैसा, मोज मस्तीको कुनै कमी छैन तापनी उ भित्रैबाट मुस्कुराउन भने जानेकी छैन बेला बेला आफ्ना सपनाहरु सम्झेर झस्किन्छे फेरि सदा झै सबैमा सन्तप्त मुस्कानले प्रस्तुत हुने गरिराखेकी छ । दुबै बाध्यताको कसीमा बाधिएर जीन्दगीको यात्रामा अघि बढिरहेका छन ।
न उ नर्स बनी, न उसले समाजलाई बदल्न सक्यो, उल्टै समाजले दुबैलाई बदल्दियो नत दुबैको मिलन भयो न केहि धुवा उड्यो न खरानी देखियो हजारौ सपनाहरु शान्तसंग जलेर गए । फक्रिदै गइरहेका कोपिलाहरु नफुल्दै बिनायशै ओइलिएर भुइमा झर्न पुगे । दुबैले आफ्नो वास्तविक ट्यालेन्टलाई समाजको अघि स्थापित गर्न सकेनन । बिजय जीन्दगीका हर खेलसंग पराजित हुँदै गयो । रीतिका हाउसवाइफ मै जीन्दगी कटाइरही बिजय बिदेशमै श्रम गरिरह्यो ।
पुर्ण जङ्ग मल्ल
बाफिकोट१ पालाकोट रुकुम पश्चिम