Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ४ मा खानेपानीको समस्या 
खानेपानीकाे जाेहाे गर्दै स्थानीय ।

   प्रचणड खत्री

रुकुम पश्चिमको बाँफिकोट गाउपालिका वडा नम्बर ४ का बिभिन्न टोलमा खानेपानीको समस्या भएको छ । वडाको नेटापोखरा, कोट, तलिगाउ लगायतका टोलमा खानेपानीको समस्या भएको स्थानीय जनक बिकले बताउनुभयो । झन्डै ३ सय घरमा खानेपानीको समस्या भएको हो । गएको भाद्र महिना देखि खानेपानीको पाईप लाईन मर्मत नहुँदा खानेपानीको समस्या भएको स्थानीयको भनाई छ ।

बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ को अंगारे खोलाले बाँफिकाेट अंगारे सिँचाइ आयोजनाको करिब १ सय ५० मिटर पाईप बगाउदा खानेपानीको समस्या आएको हो । यो आयोजना संघीय सरकारको करिब ४ करोड लगानीमा २०७५ सालमा निर्माण सम्पन्न भएको थियो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले भौगोलिक विकटताका कारण मर्मतमा समस्या भएको बतानुभयो । क्षेति पुगेको आयोजनाको मर्मत गरेर खानेपानीको सहज आपुर्तिको व्यवस्था मिलाईने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update