Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा माओवादीका पार्टी सदस्य बढे, सदस्य संख्या १६ हजार बढी 
पार्टीकाे कार्यक्रममा सहभागी कार्यकर्ताहरू ।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको पार्टी सदस्य संख्या बढेको छ । हाल जिल्लामा १६ हजार बढी माओवादीका सदस्य बनेका छन् । यसअघि जिल्लामा पार्टी सदस्य संख्या १२ हजारको हाराहारीमा रहेको माओवादी केन्द्रको भनाई छ । पार्टीले संचालन गरेको सदस्यता वितरण र नविकरण कार्यक्रमबाट जिल्ला भरमा माओवादीका सदस्य १६ हजार ३ सय ४८ पुगेका हुन् ।

जिल्लाका ६ स्थानीय तह मध्येमा सबैभन्दा बढी सदस्य चौरजहारी नगरपालिकामा छन् । चौरजहारीमा माओवादीका पार्टी सदस्यको संख्या ३ हजार २ सय ८८ रहेको छ । मुसीकोट नगरपालिकामा सदस्य संख्या ३ हजार २ सय २० रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

आठबीसकोट नगरपालिकामा ३ हजार ३३ जना पार्टी सदस्य रहेकामा सानीभेरी गाउँपालिकामा २ हजार ४ सय ४१, त्रिवेणि गाउँपालिकामा २ हजार ३ सय ९९ जना र बाँफिकोट गाउँपालिकामा २ हजार २ सय ६७ सदस्य छन् । कुल १६ हजार ३ सय ४८ सदस्य मध्येमा १५ हजार १ सय ४८ को नाम अनलाईनमा इन्ट्री भइसकेको र १ हजार ५ सयको हुन बाँकी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माले बताउनुभयो ।

जिल्लामा पार्टी सदस्य संख्या बढेको उहाँको भनाई छ । यसअघि जिल्लामा करिब १२ हजारको हाराहारीमा पार्टी सदस्य संख्या रहेको शर्माले बताउनुभयो । आगामी राष्ट्रिय सम्मेलनका लागि देशभरमा माओवादीले पार्टी सदस्यता नविकरण र वितरणको अभियान चलाएको थियो । उक्त अभियान आज सकिएको छ । माओवादीले भोली टोल सेलको भेला गर्दै छ । त्यस्तै मंसिर ४ गते वडा सम्मेलन, मंसिर ११ गते पालिका, मंसिर २५ गते प्रदेश र पौष ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन संचालन हुने छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update