Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा पुनः नेपाली 

पुरानै कार्यसमितिमा सामान्य हेरफेर गर्दै रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको १६ औं साधारण सभा तथा सातौं अधिवेशन जिल्ला सदरमुकाम मुसीकोटमा सकिएको छ । नरबहादुर नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति बनेको छ । जसको उपाध्यक्षमा शोभाराम शर्मा, सचिवमा केशनकुमार क्षेत्रियाल र कोषाध्यक्षमा रमा गौतम दोहोरिनुभएको छ ।

सदस्यहरुमा शुशिला शर्मा, प्रविर ददेल, यमुना पुन, टेकबहादुर बिक र हिरालाल भण्डारी रहनुभएको छ । टेकबहादुर बिक र हिरालाल भण्डारी नयाँ सदस्यका रुपमा चयन हुनुभएको हो । भने अन्य सबै पदधारीकारी तथा सदस्य यसअघिकै हुन् । साधारण सभा तथा अधिवेशनले गत वर्षका बजेट तथा कार्यक्रमहरु, खर्च तथा प्रस्तावित कार्यक्रमहरु अनुमोदन समेत गरेको छ ।  

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update