रूकुम पश्चिममा एमालेका ७ जना महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमाले रूकुम पश्चिमले महाधिवेशन प्रतिनिधि चयन गरेकाे छ । १० औं महाधिवेशनका लागि आज एमाले रूकुम पश्चिमले सर्वसम्मत ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेकाे हाे ।
खुलाबाट ४ जना, महिला १ र दलितबाट २ गरि जिल्लाबाट ७ जना प्रतिनिधि चयन भएका हुन् । खुला/अन्यबाट नन्दराम देवकोटा, नारायणकुमार शाह, मनविर घर्ती र टंक ओली चयन भएकाे एमाले रूकुम पश्चिमले जनाएकाे छ ।
महिलाबाट तिर्था गाैतम महाधिवेशन प्रतिनिधि चयन हुँदा दिलतबाट चन्द्रबहादुर वि.क. र शशीराम नेपाली छनाैट हुनुभएकाे छ । जिल्लामा पार्टीका संगठित सदस्य ३१ सय २३ का आधारमा प्रतिनिधि छनौट भएको एमालेले जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १८:४९
प्रतिक्रिया दिनुहोस्