रूकुम पूर्वबाट एमालेका ६ जना महाधिवेशन प्रतिनिधि
नेकपा एमाले रूकुम पूर्वले १० औं महाधिवेशनका लागि ६ जना प्रतिनिधि चयन गरेकाे छ । पार्टीले आज सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनाैट गरेकाे हाे ।
खुला तर्फ ४, महिला तर्फ १ र दलित तर्फ १ जना छनाैट गरिएकाे नेकपा एमाले रूकुम पूर्वले जनाएकाे छ । खुलाबाट नन्दलाल शर्मा, टोपबहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) छनाैट हुनुभएकाे छ ।
महिलाबाट आशा स्वर्णकार र दलित तर्फ मस्तबहादुर विश्वकर्मा छनाैट भएकाे नेकपा एमाले रूकुम पूर्वका सचिव लिलामणि गाैतमले जानकारी दिनुभयाे । रूकुम पूर्वमा एमालेका सदस्य २ हजार ३६ रहेकाे र यसैका आधारमा प्रतिनिधि छनाैट भएकाे उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १९:१९
प्रतिक्रिया दिनुहोस्