इन्धनको मुल्य वृद्धिको विरोधमा रुकुम पश्चिममा १ घण्टा चक्का जाम
इन्धनमा भएको मुल्य बृद्धिको विरोधमा नेपाल कम्युनिष्ट (नेकपा) रुकुम पश्चिमले सदरमुकाम मुसीकोटमा एक घण्टा चक्का जाम गरेको छ । इन्धनको मुल्य वृद्धि फिर्ताको माग सहित विप्लव नेतृत्वको नेकपाले देशभरमा विरोधका कार्यक्रम गरिरहेको छ । जसअन्तरगत पार्टीले आज मुसीकोटमा एक घण्टा चक्का जाम सहित कोणसभा गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सचिवालय सदस्य मोतिराम खड्काले इन्धनमा भएको मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्नुभयो । विरोधका कार्यक्रम अन्तरगत नेकपाले भोली दिउँशो सिठी जुलुस र भोली बेलुकी मसाल जुलुस निकाल्ने तथा पर्सि नेपाल बन्दको आह्वान गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ १५:३५
प्रतिक्रिया दिनुहोस्