Kakhara सबैको खबर सम्पूर्ण खबर
रोल्पामा जीप दुर्घटना, ४ जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । माडी गाउँपालिका ६ हान्डिङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा माडी–६ हान्डिङका ५१ वर्षीय चालक रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीया चौसरा विक र १८ वर्षीय लीला पुन रहेका छन् ।

लिलाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा लैजादै गर्दा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको हो । यस्तै घाइते हुनेहरूमा त्यही ठाउँकी २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update