Kakhara सबैको खबर सम्पूर्ण खबर
शैक्षिक सामग्री र न्यानो पोशाक वितरण

नेपाल ख्रिष्ट्रिय राहत सेवाले मुसीकोट नगरपालिकामा रहेका दुई विद्यालयका फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो पोशाक वितरण गरेको छ । वडा नम्बर १ मा रहेको चन्दननाथ आधारभुत विद्यालय र वडा नंम्बर १३ र १४ मा रहेको प्रभात माध्यामिक विद्यालय दोपाईमा रहेका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

चन्दननाथ आधारभुत विद्यालयमा रहेका ९ जना र प्रभात माध्यामिक विद्यालय दोईपाईमा रहेका १३ जना फरक क्षमता भएका विद्यार्थिको लागि न्यानो पोशाक, कपी र कमल वितरण गरिएको नेपाल ख्रिष्ट्रिय राहात सेवाका उपाध्यक्ष दिल थापाले जानकारी दिनुभयो ।

फरक क्षेमता भएका विद्यार्थिको पठन पाठनमा सहयोग पुगोस भनेर ति सामाग्रि सहयोग गरिएको हो । दाेपाईका विद्यार्थिलाई मुसीकोट नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनार, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले शैक्षिक सामग्री न्यानो पोशाक र शक्षिक हस्तान्तरण गर्नुभएको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update