रुकुम जिल्ला अदालतमा पनि एक घण्टा विरोध प्रर्दशन
प्रधानन्यायधिश चोलेन्द्र सम्सेर जवराको राजिनामा, न्यायाधिश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनको माग गर्दै रुकुम जिल्ला अदालतमा पनि विरोध प्रर्शन गरिएको छ । नेपाल बार एसोसियसनको पहलमा आइतबार रुकुम जिल्ला अदालतमो एक घण्टा विरोध प्रर्दशन गरिएको हो ।
अधिवक्ताहरुले हातमा कालो पट्टि बाँधेर एक घण्टा विरोध कार्यक्रम गरेका हुन् । नेपाल बार एसोसियसन रुकुम पश्चिमका अध्यक्ष गणेश हमालले नेपाल बारको चरणबद्ध आन्दोलन अन्तर्गत रुकुम जिल्ला अदालतमा पनि विरोधको कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
न्यायपालिकामा जनअस्था बढाउने, स्वतन्त्र, सक्षम, निष्पक्ष र हस्तक्षमुक्त न्यायपालिका बनाउने अभियानमा रुकुम बारको पनि एक्यबद्धता रहेको र चरणबद्ध केन्द्रीय कार्यक्रम पनि गर्दै आएको अध्यक्ष हमालले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ १६:४२
प्रतिक्रिया दिनुहोस्