रुकुम पश्चिमको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ । मुसीकोट नगरपालिका ५, थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिर परिसरमा आज हरिबोधनी एकादशिदेखि धार्मिक मेला सुरु भएको हो । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भएपनि हरेक एकादशिदेखि मेला सुरु हुन्छ । याे वर्ष मंसिर ३ गते मेला परेकाे छ ।
यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भएपनि आजबाट विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनको संख्या पनि बढी नै हुन्छ । यो जिल्लाको ठूलो धार्मिक मेला हो । गत वर्ष कोरोनाको कारण यो मेला लगाइएको थिएन । यो वर्ष भने धार्मिक मेला लाग्ने लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अध्यक्ष शैलेन्द्र केसीले विधिवत रुपमा मेला सुरु भएको जानकारी दिनुभयो ।
एकादशिदेखि चतुर्दशिसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भने भव्य मेला लाग्द छ । पूजाआजा भने पूर्णिमाको दिन पनि हुन्छ । यो वर्ष मेला भर्न तथा पूजाआजामा आउने सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकाले पनि मन्दिर व्यवस्थापन समितिले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको अध्यक्ष केसीले बताउनुभयो ।