Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालयमा प्रहरी !

जिल्ला प्रहरी कायालय रुकुम पश्चिमले विद्यालयहरुमा लागु औषधको दुर्व्यसन, असर, नियन्त्रण, रोकथाम तथा कानुनी प्रवधान सम्बन्धि चेतनामूलक कार्यक्रम गरिरहेको छ । १४ वर्ष देखि २० वर्ष उमेर समुहका विद्यार्थिहरुका लागि प्रहरीले कार्यक्रम संचालन गरेको हो । आईतबार मुसीकोट नगरपालिका वडा नम्बर १ को सरस्वती माध्यामिक विद्यालयमा कार्यक्रम गरिएको प्रहरीले आज वडा नम्बर १ खल‍गामा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक धुब्रकुमार श्रेष्ठले विद्यार्थिलाई लागु औषध दुर्व्यसन, असर, नियन्त्रण, रोकथाम तथा कानुनी प्रवधानका विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै लागु औषध दुर्व्यसनीमा फसेकाले जिल्लामा घटाएका विभिन्न घटनाको बारेमा जानकारी दिनुका साथै जिल्लाको अवस्थाको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

डिएसपी श्रेष्ठका अनुसार जिल्लाको बजार क्षेत्रमा दुर्व्यसनी बढेको र ति दुव्र्यनीहरुले विभिन्न घटना घटाएको बताउनुभयो । बढि विद्यालय उमेरका बालबालिकानै लागु औषध  फसेको उहाँको भनाई छ । विद्यार्थिलाई लागु औषध दुर्व्यसनीबाट मुक्त गर्न, अभिभावक, शिक्षक र अन्य सरोकारवाल निकायले सहयोग गर्नु पर्ने उहाँको भनाई छ । 

कार्यक्रममा वडा अध्यक्ष बिरवल केसी, सामुदाय प्रहरी साझेदारी सेवाका अध्यक्ष महेन्द्र केसी, महिला अधिकारकर्मी तथा अधिबक्ता मनिषा भण्डारी, बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाल लगायतको सहभागिता रहेको थियो । त्यस्तै विद्यालयका १४ बर्ष देखि २० वर्ष उमेर समुहका बिद्यार्थिको पनि उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update